नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हमासको कब्जामा रहेका विपिन जोशी रिहा हुनेमा आशावादी : परराष्ट्र मन्त्रालय

819
shares

काठमाडौँ । परराष्ट्र मन्त्रालयले हमासको कब्जामा रहेका विपिन जोशी रिहा हुनेमा आशावादी रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले हालसम्मको अवस्था हेर्दा जोशी सकुशल रहेको र चाँडै रिहा हुनेमा आफूहरू विश्वस्त रहेको बताएका हुन् ।

‘ढिलै भए पनि विपिन जोशी कब्जामा परे पछि सुरुको भिडियो सार्वजनिक भएको छ, मृत्युको लिस्टमा उनको नाम छैन, इजरायले पनि जिउँदै रहेको भन्दै आइरहेका कारण उनी चाँडै रिहा हुनेमा आशावादी छौँ’ उनले भने ।इजरायलस्थित नेपाली दूतावाससँग परराष्ट्र मन्त्रालयले नियमित सम्पर्क गरिरहेको समेत उनले बताए । उनले इजरायल र हमासबिच भएको शान्ति सम्झौतालाई नेपालले स्वागत गरेको पनि बताए ।मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आधिकारिक रूपमै सो सम्झौताको स्वागत गरेको छ । साथै नेपालले यो बहुप्रतिक्षित सम्झौता सुरक्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेकोमा संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्किको प्रशंसा समेत गरेको छ ।

यो सम्झौतालाई कार्यान्वयन गर्न र गाजाका जनतालाई मानवीय सहयोगको सहज प्रवाह सुनिश्चित गर्न तथा दिगो शान्तिको मार्ग प्रशस्त गर्न मन्त्रालयले सम्बन्धित पक्षलाई आग्रह समेत गरेको छ । साथै जोशीलगायत सबै बन्धकको तत्काल रिहाइको आह्वान पनि गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports