राष्ट्रपतिले जेनजीसँग गर्ने भनिएको छलफल सर्यो
वि.सं.२०८२ असोज २५ शनिवार ११:३६
shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने तालिका हेरफेर भएकाे छ ।
आज गर्ने भनिएको छलफल सोमबारको लागि सरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
सोमबार दिउसो ३ बजे मात्र राष्ट्रपतिले जेनजी प्रतिनिधिसँग छलफल गर्ने भएका हुन् । सोमबारको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने बताइएको छ।
यसअघि राष्ट्रपतिको आह्वानमा शुक्रबार शीतल निवासमा सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा निर्वाचनको तयारी र पछिल्ला घटनाक्रमबारे छलफल भएको थियो ।




































