सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कान्तिपुर भेट डिस्ट्रिव्युटर्सका संचालक अध्यक्ष सुना सुवेदी पक्राउ

1.43K
shares

काठमाडौँ । कान्तिपुर भेट डिस्ट्रिव्युटर्सका संचालक अध्यक्ष सुना सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए ।

सुवेदी सर्लाहीको ईश्वरपुर घर भएर काठमाडौँ महानगरपालिका–१३ स्थित शंखमुल बस्दै आएकी थिइन् । कान्तिपुर भेट ललितपुरमा सञ्चालित ठुलो भेटेनरी कम्पनी हो ।पशुसेवा विभागबाट अनुमति लिएको भन्दा बाहिरको प्रतिबन्धित औषधीहरू किर्ते कागजात बनाएर आयात गरेर सो कम्पनीले बेच्ने गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । विभागबाट पशुपन्छीको फिड सप्लिमेन्ट, प्रोवायोटिक्स, भिटामिन, मिनरल र टक्सिन वाइन्डर भन्दा थप सामग्री आयात गर्न सो कम्पनीका सञ्चालकले किर्ते कागजात बनाएको भेटिएको एसएसपी श्रेष्ठले बताए ।

शुक्रवार पक्राउ गरेर प्रहरीले उनीमाथि किर्ते सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ । केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा तत्कालीन महान्यायाधिवक्ता रमेश बडालको संरक्षणमा सो कम्पनीका सञ्चालक पक्राउ पर्नबाट जोगिएको प्रहरीका अधिकृतहरू बताउँछन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports