नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तीन दलका तीन प्रमुख नेतालाई बिदाइ गरौं, संवादको नयाँ वातावरण प्रारम्भ गरौं : गगन थापा

663
shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन दलका प्रमुख नेताहरूलाई बिदाइ गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

आइतबार सामाजिक सञ्जालमा एक भिडियो मार्फत उनले संवादको नयाँ वातावरण प्रारम्भ गर्न पनि आग्रह गरेका छन् ।‘तीन दलका तीन प्रमुख नेतालाई बिदाइ गरौं, संवादको नयाँ वातावरण प्रारम्भ गरौं,’ महामन्त्री थापाले भनेका छन् ।

महामन्त्री थापाले निरन्तर पार्टीमा महाधिवेशनको माग गर्दै आएका छन् ।यसैबीच उनले पुराना नेताहरूले बिदा लिनुपर्ने भन्दै अन्य दुई ठूला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्तालाई पनि प्रमुख नेतालाई छाड्न अनुरोध गर्नुपर्ने बताएका छन् ।

‘म एमाले माओवादीका साथीहरूलाई पनि भन्न चाहन्छु, हामीले आफ्ना तीनवटै नेताहरूलाई प्रष्ट भन्नुपर्छ, अब नो मोर,’ थापाले भनेका छन् ।नेतृत्व बदल्ना साथ सबै कुरा बदलिन्छ भन्ने नभएको भन्दै आफूहरू पनि अनुपयुक्त भए छाड्न तयार रहेको जिकिर गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports