नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कर्णाली प्रदेश सरकारको सहिद तथा जीवन निर्वाह विशेष भत्ताका लागि झन्डै पाँच करोड रुपैयाँ विनियोजन गर्ने निर्णय

598
shares

सुर्खेत । कर्णाली प्रदेश सरकारले सहिद तथा जीवन निर्वाह विशेष भत्ताका लागि झन्डै पाँच करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । यस्तै, प्रदेशको विकास, सुशासन र सामाजिक न्यायसँग सम्बन्धित विभिन्न ६ वटा कार्यविधि तथा निर्देशिकालाई समेत स्वीकृति प्रदान गरेको हो ।प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार, मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश विनियोजन ऐन, २०८२ को दफा ५ को उप दफा ३ बमोजिम सहिद स्मृति भत्ता वितरणका लागि २ करोड ५५ लाख ७२ हजार रुपैयाँ र जीवन निर्वाह विशेष भत्ता वितरणका लागि २ करोड २९ लाख ८० हजार रुपैयाँ गरी कुल ४ करोड ८५ लाख ५२ हजार रुपैयाँ स्थानीय तहमा अख्तियारी पठाउन स्वीकृति दिएको हो ।

यो रकम आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत पठाइने छ । यसले शहीद परिवार र जीवन निर्वाहमा कठिनाइ भोगेका नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको प्रवक्ता शाहले  बताए ।यस्ता छन्, मन्त्रिपरिषद् बैठकले गरेका अन्य निर्णयहरुः

आयोजना प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी (दोस्रो संशोधन) कार्यविधी २०८२ स्वीकृति
कर्णाली प्रदेश समपूरक अनुदान सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ स्वीकृति
कर्णाली प्रदेश विशेष अनुदान सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ स्वीकृति
कर्णाली प्रदेश सशर्त अनुदान सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ स्वीकृति
लैङ्गिक हिंसा प्रभावितका लागि घटना व्यवस्थापन तथा प्रेषण प्रक्रिया निर्देशिका, २०८२ स्वीकृति

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports