सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपा केन्द्रीय कार्यसमिति बैठक जारी, धवलशम्शेर पक्षले भने बहिष्कार

715
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

बैठक महामन्त्री डा. धवलशम्शेर राणा पक्षले भने बहिष्कार गरेको छ ।राणा सहित अर्का महामन्त्री कुन्ती शाहीले समेत अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर कार्यसम्पादन समिति बैठकमा उपस्थिति नहुने जानकारी गराएका थिए । बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको सांगठनिक र विविध विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताएका छन् ।

महामन्त्री राणाले अध्यक्ष लिङ्देनले एकतर्फी व्यवहार गरेको, पार्टीका नेता कार्यकर्तालाई कारबाहीको शृङ्खला जारी राखेको र महाधिवेशनको वातावरण नबनाएको बताएका छन् । विधिको सम्मान गर्न सचेत गराउने र हर प्रकारको सहयोग गर्न तयार रहँदा समेत पार्टीमा अध्यक्षबाहेक अरु कसैको अस्तित्व नरहने स्थिति निर्माण गरिएको अध्यक्ष लिङ्देनलाई पठाइएको पत्रमा भनिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports