एमाले केन्द्रीय सदस्यहरूलाई राजनीतिक प्रतिवेदन माथि धारणा राख्न ३ मिनेट समय
वि.सं.२०८२ असोज २९ बुधवार १४:३९
shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न सदस्यहरुलाई ३ मिनेटको समय छुट्याइएको छ ।
विगतमा केन्द्रीय सदस्यहरूको समूह विभाजन गरी धारणा राख्ने दिने गरिए पनि यसपटक समूह विभाजन गरिएको छैन ।एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले हरेक केन्द्रीय सदस्यहरूले तीन मिनेटभित्र आफ्नो धारणा राख्न पाउने बताए ।
उद्घाटन समारोहमा अध्यक्ष ओलीको सम्बोधनपछि राजनीतिक प्रतिवेदन पेस भएको थियो । अहिले खाजा ब्रेक भएको छ । त्यसपछि धारणा राख्ने क्रम सुरु गर्ने तयारी छ ।पर्सि सदस्यहरूका जिज्ञासा र सुझावमा अध्यक्ष ओलीले जवाफ दिएपछि राजनीतिक प्रतिवेदन पास गर्दै विभिन्न निर्णयहरू गर्ने एमालेले जनाएको छ ।
अध्यक्ष ओलीले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा एघारौं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।





































