सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मधेश प्रदेश संसदीय दलमा पनि फुट्यो जनमत पार्टी

793
shares

जनकपुरधाम । मधेश प्रदेश संसदीय दलमा जनमत पार्टी फुटेको छ । निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन शाहले जनस्वाराज पार्टीमा सनाखत गरेका छन् ।

मुख्यमन्त्री सिंह सनाखत गर्न निर्वाचन कार्यालय जाँदा उनलाई रोक्न जनमतका नेता कार्यकर्ता पुगेका थिए । त्यस क्रममा झडप समेत भएको छ ।मधेश प्रदेश संसदीय दलमा १३ जना प्रदेश सांसद छन् ।मंगलबार मात्रै जनमतका असन्तुष्ट पक्षले पार्टी फुटाएर जनस्वराज पार्टी (जस्वपा) गठन गरेका थिए ।

नव गठित जस्वपाको अध्यक्षमा दिपककुमार साह रहेका छन् ।साहलाई जनमतले पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै २२ साउनमा साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । जनमतमा साह उपाध्यक्ष थिए ।तीन जना उपाध्यक्षहरूमा सुरज सिंह, सुरेन्द्र नारायण यादव, शम्भुनाथ साह रहेका छन् ।

नव गठित पार्टीलाई निर्वाचन आयोगले मान्यता पनि दिइसकेको छ ।आयोगको मंगलबार बसेको बैठकले जस्वपालाई दलको मान्यता दिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports