मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिए
वि.सं.२०८२ असोज ३० बिहीवार १३:४९
shares

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्री सोनलले एक समारोहबीच प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता सोनल पाँच दलका ५६ सांसदको समर्थनमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनलाई एक सिटको नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको छ ।



































