विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेन जीको प्रदर्शनमा अमनले लाइभ गरेको भिडियो भाईरल, के भनेका थिए त उनले ?

806
shares

काठमाडौं । पूर्व फुटबल खेलाडी तथा टेलिभिजन प्रस्तोता अमनप्रताप अधिकारी संसद् भवन जलिरहेको पृष्ठभूमिमा फेसबुक लाइभमा अभद्र र उत्तेजक शब्द प्रयोग गरेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएका छन् ।

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा खिचिएको भनिएको उक्त भिडियोमा उनले संसद् भवन जलिरहेको दृश्य देखाउँदै अशोभनीय भाषामा टिप्पणी गरेका छन् । भिडियोमा उनले बारम्बार ‘देखिस, जल्यो तेरो देश’ भन्ने वाक्य दोहोर्‍याएका छन् । क्याप्सनमा उनले लेखे, ‘दिस इज हाउ संसद् भवन वाज टेकन डाउन ।’

यो भिडियो उनको आधिकारिक फेसबुक पेजमा अझै उपलब्ध छ । अधिकारीले प्रयोग गरेका अपशब्द र नेताहरूप्रतिको आक्रोशले उनको सार्वजनिक छविमा प्रश्न उठाएको छ। उनी ‘हिमालयन रोडिज’ र नेपालको पहिलो साहित्यिक रियालिटी शो ‘द पोएट आइडल’ का परिकल्पनाकार तथा निर्देशक हुन् ।

उनका पिता क्षेत्रप्रताप अधिकारी पञ्चायतकालीन राष्ट्रिय पञ्चायत सदस्य तथा पूर्व शिक्षा राज्यमन्त्री थिए । ‘जेनजी आन्दोलन’ लाई समर्थन गर्दै आएका अधिकारीको यो भिडियो र भाषाशैलीले सांस्कृतिक मर्यादाविपरीत प्रतिक्रिया सिर्जना गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports