उपल्लो मुस्ताङमा भारी हिमपात , क्षेत्रमा पुगेका पर्यटक प्रभावित
वि.सं.२०८२ कात्तिक ११ मंगलवार ११:०९
shares

काठमाडौँ । मुस्ताङ जिल्लास्थित उपल्लो मुस्ताङमा भारी हिमपात भएको छ । गएरातिदेखि परेको वर्षाका कारण घमीभन्दा माथिल्लो भागमा हिमपात भइरहेको हो ।
हिमपातका कारण सो क्षेत्रमा पुगेका पर्यटक प्रभावित भएका छन् । तल्लो मुस्ताङमा अहिले वर्षा भइरहेको कारण बाटो चिप्लो भएको मुस्ताङकी डीएसपी छिरिङ किप्पा लामाले बताइन् ।मुस्ताङ घुम्न अधिकांश आन्तरिक पर्यटक त्यहाँ पुगेका छन् । डीएसपी लामाका अनुसार हिमपात र वर्षाको कारण पर्यटकहरू अहिलेसम्म अलपत्र भने परेका छैनन् । उनले भनिन्, ‘एउटा टिम दामोदर कुण्डबाट माथिल्लो भाग हुँदै मनाङतिर लागेको छ ।’
बाटो चिप्लो भएको हुनाले प्रहरीले कागबेनीबाट माथि नजान पर्यटकहरूलाई रोकेको छ । डीएसपी लामा भन्छिन्, ‘अहिलेसम्म कोही अलपत्र छैनन्, हामीले सतकर्ता अपनाएर यात्रा गर्न आग्रह गरेका छौँ ।’




































