नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिका र जापानबिच दुर्लभ धातुको आपूर्ति र उत्पादन बढाउन सम्झौता

702
shares

टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सानेई ताकाइचीले दुई नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । ट्रम्पको अमेरिका भ्रमणको क्रममा यी सम्झौतामा हस्ताक्षर भएका हुन् ।

एउटा सम्झौताले अमेरिका–जापान सम्बन्धमा स्वर्ण युगको सुरुवात मानिएको छ । दुई नेताहरूले केही समय अघि मात्रै यी सम्झौताहरूमा हस्ताक्षर गरेका थिए । व्यापार सम्झौता लामो समयदेखिका दुई सहयोगीहरू बिचको साझेदारीलाई अझ बलियो बनाउनमा केन्द्रित छ ।दोस्रो सम्झौता महत्त्वपूर्ण खनिज सम्झौता हो । यसले दुर्लभ धातुको आपूर्ति सुनिश्चित गर्ने रूपरेखा प्रदान गर्नेछ । सम्झौता अमेरिका र जापानबिच दुर्लभ धातुको आपूर्ति र उत्पादन बढाउनमा केन्द्रित छ । पछिल्लो समय अमेरिकाले दुर्लभ धातुमा चीनमाथिको निर्भरता कम गर्न खोजिरहेको छ । हालैका दिनमा ट्रम्पले मलेसिया, थाइल्यान्ड र अस्ट्रेलियासँग पनि दुर्लभ धातुसम्बन्धी सम्झौता गरेका थिए ।

विद्युतीय उपकरण, विद्युतीय कार र सैन्य उपकरण लगायतका सामान बनाउन चाहिने यी धातु जापानसँग पर्याप्त मात्रामा छ । तर अधिकांश धातु समुद्र मुनि छन् । जसले गर्दा यसको उत्खनन कठिन छ । कागजातहरूमा हस्ताक्षर गरेपछि, राष्ट्रपति ट्रम्पले जापानलाई अमेरिकाको बलियो सहयोगीको रूपमा प्रशंसा गरेका थिए । यस क्रममा उनले जापानकै पहिलो महिला प्रधानमन्त्री सानेई ताकाइचीको पनि प्रशंसा गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports