नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोग विप्लव नेतृत्वको नेकपा दल दर्ताका लागि जाँदै

741
shares

काठमाडौं । दल दर्ता प्रक्रियाका लागि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेताहरु आज निर्वाचन आयोग जाँदै छन् । नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा लगायतका नेताहरु वकिलहरु सहित निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ जान लागेका हुन् ।

नेता बुढामगरले दल दर्ता प्रक्रियाका लागि आवश्यक कागजात सहित निर्वाचन आयोग जान लागेको  बताए ।‘पहिले पनि आयोगमा गएका थियौं । त्यतिबेला केके कागज पत्र पुगेको थिएन । आज थप कागजपत्र लिएर वकिलहरु सहित बुझ्न जाँदैछौं,’ बुढामगरले भने ।

उनले यही कात्तिक महिनाभित्रै दल दर्ता गर्ने पनि बताए ।निर्वाचन आयोगले आगामी फागुन २१ गते तय भएको निर्वाचनका लागि यही कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports