नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगको आगामी फागुन २१ को प्रतिनिधि सभा सदस्य चुनावमा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भनेर हेलिकप्टको व्यवस्था गर्ने तयारी

858
shares

काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ को प्रतिनिधि सभा सदस्य चुनावमा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भनेर त्यसअनुसारको तयारी गर्न खोजेको छ । यसका लागि मौसमविदहरूको सल्लाह लिइएको छैन।

सामान्यतया फागुन महिनामा हिमपात हुने गरेकोले त्यसअनुसारको तयारी गर्न खोजिएको आयोगले जनाएको छ । तयारी अन्तगर्त चुनावको लागि हिमाली क्षेत्रमाद हेलिकप्टरको प्रबन्ध गरिँदैछ ।तयारी अन्तर्गत निर्वाचन आयोगले चुनावको लागि साढे सात अर्ब निर्वाचन खर्च लाग्ने अनुमान सहितको बजेट तयार पारेको छ ।

बजेटमा सामग्री खरिद गर्नेबाहेक आयोगले केही रकम आकस्मिक व्यवस्थापन शिर्षकमा राख्न खोजेको छ । हेलिकप्टरबाट कर्मचारी खटाउने र निर्वाचन सामग्री ढुवानी गर्नुपर्ने अवस्थालाई ख्याल गरेर आयोगले आकस्मिक व्यवस्थापन शिर्षकमा बजेट राख्न खोजेको हो ।खासगरी हिमाली क्षेत्रमा मौसमका कारणले निर्वाचन गराउन कठिन हुने अनुमानसहित यस्तो गर्न लागिएको आयोगले जनाएको छ । मौसम खुलेका बेला कर्मचारी पठाउने गरी हेलिकप्टको व्यवस्था गर्ने र हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गर्ने गरी बजेट अनुमान गरिएको हो ।

खासगरी हिमाली क्षेत्रमा मौसमका कारणले निर्वाचन गराउन कठिन हुने अनुमानसहित यस्तो गर्न लागिएको आयोगले जनाएको छ । मौसम खुलेका बेला कर्मचारी पठाउने गरी हेलिकप्टको व्यवस्था गर्ने र हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गर्ने गरी बजेट अनुमान गरिएको हो ।निर्वाचन आयोगले बजेट निर्माण गर्दै गर्दा निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची समेत तयार गर्दैछ ।

चाडपर्व सकिएकाले अब आवश्यक सामग्री किन्न सुरू गर्ने पनि आयोगको तयारी छ। यसका लागि आयोगले अर्थ मन्त्रालयसँग छलफल गरिरहेको छ । यसअघि नै रहेका सामग्री समेत प्रयोग गर्ने गरी आयोगले थप आवश्यक सामग्री खरिद गर्न खोजेको जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports