नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य चुनावमा एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने

1.39K
shares

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य चुनावमा एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने भएको छ ।

निर्वाचन आयोगले एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने गरी तयारी अगाडि बढाएको हो । विगतमा पनि यस्तै अभ्यास हुँदै आएको छ ।एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने र एउटा मतदान केन्द्रमा मतगणनाका लागि पनि कर्मचारी व्यवस्थापन गर्ने गरी तयारी अगाडि बढेको हो । एउटा मतदान केन्द्रमा कम्तीमा १४ कर्मचारी आवश्यक पर्ने आयोगका अधिकारीहरू बताउँछन् ।

सरकारले कर्मचारी व्यवस्थापन सहितको लागि निर्वाचन बजेट तयार पारेको छ । आयोगका अनुसार चुनावको लागि साढे सात अर्ब निर्वाचन खर्च लाग्ने अनुमान गरिएको छ ।आगामी २१ फागुनका लागि तय भएको चुनावको तयारी अन्तर्गत आयोगले प्रारम्भिक अनुमानसहितको बजेट तयार पारेको हो । तर, तयार बजेट अन्तिम टुंगो लागिसकेको छैन । यसलाई अन्तिम टुंगो लगाएर अर्थ मन्त्रालयमा पठाउने निर्वाचन आयोगको तयारी छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports