सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आमाको सम्झनामा श्रीमद् भागवत पुराण

546
shares

काठमाडौ । हाम्री आमा वित्नुभएको २ वर्षको पुण्यतिथिमा हाम्रा जेठा दाजु खगेन्द्र चुडाल र जेठी भाउजु प्रेमकुमारी चुडालको सक्रियतामा २ वर्षको पुण्यतिथी कै दिनमा सबै पितृ कार्य पूरा गरी सोही दिनको भोलिपल्ट अर्थात २०७६ साल वैशाख १६ गते देखि हाम्रा वुवा कृष्ण प्रसाद चुडाल र स्व. माता अवछरा चुडालको जेष्ठ सुपुत्र खगेन्द्र चुडालको निजी निवास काठमाडौ महानगरपालिका वडा नं. १० देवीनगरमा (राष्ट्रिय सूचना आायोगको कार्यालयसँगै जोडिएको घर) श्रीभत् भागवत पुराण सुरु गरिएको छ ।

श्रीमद् भागवता पुराणको बाचकका रुपमा आचार्य पण्डित ऋषिराम नेपाल रहनुभएको छ भने वहाँकै संयोजकत्वमा पण्डित नाथमणि पौडेलसहितका संगीतकार टोलीले भक्तजनहरुलाई नचाईरहनुभएको छ । पुराणका मुख्य बाचक आचार्य श्री नेपालले विगत १७ वर्षदेखि मुलुकका विभिन्न ठाउँमा बाचकको रुपमा भक्तजनहरुलाई आफ्नो बाचनकला देखाउँदै आउनुभएको छ । स्पष्ट वक्ताका रुपमा बाचन गर्न सक्ने क्षमता भएका आचार्य पण्डितले नेपाल लगायत भारत, श्रीलंका, दुबई, सिंगापुर, हङकङ, जापानलगायतका दर्जनौं मुलुकमा पुगेर श्रीमद् भागवत बाचन गरी भक्तालुहरुलाई सहज रुपमा श्रीमद् भागवत्मा उल्लेख गरिएका विषयहरुमा प्रष्ट पार्दै आउनुभएको छ ।

हाम्री आमाको तेस्रो वार्षिक पुण्यतिथीको अवसरमा आचार्य पण्डित नेपालले हाम्रो परिवारको अनुरोधलाई स्वीकार गरी हाम्रो घरमा आएर श्रीभद् भागवत् पुराण श्रवण गर्ने मौका हामीहरु सबैलाई प्रदान गर्नुभएकोमा हामी दाजुभाईहरु आचार्य पण्डितलाई र वहाँको संयोजकत्वमा रहेका टोलीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । पुराण श्रावण गर्नेमा हाम्रा परमपुज्य पिताजी कृष्ण प्रसाद चुडाल, जेठा छोरा खगेन्द्र चुडाल÷प्रेमा चुडाल, माइलो छोरा देवेन्द्र चुडाल÷दुर्गा चुडाल, साइलो छोरा अविन्द्र चुडाल÷विमला चुडाल, काइलो छोरा देवी चुडाल÷सुजाता चुडाल, कान्छो छोरा भीम चुडाल÷टिका चुडाल ।

हाम्री आमाको तेस्रो वार्षिक पुण्य तिथीमा पुराणको आयोजना गर्ने हाम्रा जेठा दाजु खगेन्द्र चुडाल र भाउजु पेमा चुडाललाई समेत हामी हार्दिक धन्यवाद दिन्छौं । साथै सबै कार्यको व्यवस्था मिलाउने भतिज महेन्द्र चुडाल÷ विना चुडाल समेत धन्यवादको पात्र रहेका छन् । हाम्री आमाको छोरीहरु नरमाया ओडारी, गोमा र गौरी अधिकारी तथा भिनाजु तथा ज्वाईहरुका तर्फबाट समेत हामी हाम्रा जेठा दाजु भाउजुप्रति आभार व्यक्त गर्न चाहन्छौं । त्यसैगरी हाम्री वडीआमा रुपा चुडाल र दिदि भागीरथा सिटौलाको तर्फबाट समेत हामी सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports