सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विजयबहादुर शाह हिमालयन जनरल इन्स्योरेन्सको सीईओ बन्दै

442
shares

विजय बहादुर शाह हिमालयन इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिृकत (सीईओ) बन्ने भएका छन् । हिमालयन जनरल इन्स्योरेन्सको सञ्चालक समितिले सीईओमा शाहलाई नियुक्त गर्ने निर्णय गरिसकेको स्रोतले बताएको छ ।

हिमालयन जनरल इन्स्योरेन्सका सीईओ सुशील बज्राचार्य फागुनदेखि बाहिरिने भएपछि शाहलाई नियुक्त गर्ने भएको हो । विजय बहादुर शाह फागुन १ गतेदखि हिमालयन जनरल इन्स्योरेन्सको सीईओको कार्यभार सम्हाल्ने स्रोत बताउँछ ।

इन्स्योरेन्सको माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले आपसी सहमतिमा करार संशोधन गरी बज्राचार्यको कार्यकाल २०७८ माघ मसान्तसम्मको लागि मात्रै कायम गर्ने निर्णय गरेको थियो । उक्त करार संशोधन सँगै फागुनदेखि इन्स्योरेन्स कम्पनी सीईओ विहीन बन्ने छ । तर कम्पनीको सञ्चालक समितिले शाहलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरिसकेको छ ।नेपाल इन्स्योरेन्सको सीईओ पदबाट ४ बर्षे कार्यकाल सकेर गत साउन ९ गते बाहिरिएका थिए । शाहले ६ महिनाको कुलिङ पिरियड सकेर हिमालयन जनरल इन्स्योरेन्सको सीईओ बन्न लागेका हुन् ।

बीमा क्षेत्रलाई राम्रोसँग बुझेका सीईओ शाहले नेपाल इन्स्योरेन्स कम्पनीलाई प्रतिस्पर्धी बजारमा उभ्याएका थिए । कुशल व्यावसायीक व्यवस्थापक शाहको नेतृत्वमा नेपालको पहिलो बीमा कम्पनीलाई ब्यावसायीक कम्पनीका रुपमा रुपान्तरण गरेका थिए । सधै उचाइ छुन अभिप्रेरित गर्ने उर्जाशील शाह बरिष्ठ चार्टड एकाउन्टेन्ट, एमबीएसम्मको अध्ययन गरेका छन् ।

सीईओ शाह फिलिपिन्समा सचिवालय रहेको विकासशिल देश हरुको बीमक तथा पुनर्बिमकहरुको संघ (Association of Insurers and Reinsurers in developing Countries) को अध्यक्ष समेत रहेका छन् ।शाह नेपाल व्यबस्थापन संघबाट २०१४ मा बर्षको उत्कृष्ट ब्यबस्थापकबाट सम्मानित समेत भएका थिए । बीमा क्षेत्रमा ३५ वर्ष भन्दा बढीको अनुभव शाहसँग छ । शाह देशमा कार्यरत बीमा कम्पनीहरुको साझा संगठन नेपाल बीमक संघलाई संस्थागत गरी २ कार्यकाल अध्यक्ष समेत भएका थिए ।

शाह बीमाका ज्ञाता र बीमाको शक्तिका बारेमा देश तथा बिदेशमा जागरुकता बढाउने संजालमा समेत आबद्ध रहेका छन् । शाहले बीमाका बारेमा बिभिन्न देसी, बिदेशी संघ, संस्था, दातृनिकायलाई समेत सुझाव सल्लाह समेत दिँदै आएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports