संवैधानिक आयोगले गरेका सिफारिसहरू कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध : मन्त्री कुलमान घिसिङ
वि.सं.२०८२ कात्तिक १४ शुक्रवार १८:३०
shares

काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले संवैधानिक आयोगले गरेका सिफारिसहरू कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
आदिवासी जनजाति आयोगले शुक्रबार ललितपुरमा आयोजना गरेको आयोगको सिफारिस कार्यन्वयनबारे कार्यक्रममा उनले यस्तो बताएका हुन् ।उनले वर्तमान सरकार आयोगले गरेका सिफारिसहरू कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउँदै कुन विषयमा कार्यान्वयन नभएको हो त्यसबारे थप छलफल गरिने बताए ।
आयोगका अनुसार ९० प्रतिशत सुझावहरू सरकारले कार्यान्वयन नगरेको गुनासो आएको उनको भनाइ छ ।उनले भने, ‘अहिलेको वर्तमान सरकार आयोगले दिने सुझाव कार्यान्वयन गर्न प्रतिबद्ध छ । कार्यान्वयन हुनुपर्छ । कुन-कुन विषयमा कार्यान्वयन भएको छैन, त्यसमा हामी छलफल गर्नेछौँ ।
यसलाई सरकारले गर्नुपर्ने कार्यहरूमा हामीले सिफारिसलाई कार्यान्वयन गर्नुपर्ने र सरकारको कार्यक्षेत्रभित्र रहेर गर्नेछौँ ।’मन्त्री घिसिङले आफूले प्रधानमन्त्री सम्म पनि यसबारे कुरा राख्ने जानकारी गराए ।




































