जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका मध्ये करिब पाँच हजार कैदीबन्दीलाई अध्यागमनको कालोसूचीमा
वि.सं.२०८२ कात्तिक १४ शुक्रवार १८:२८
shares

काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका मध्ये करिब पाँच हजार कैदीबन्दीलाई अध्यागमनको कालोसूचीमा राखिएको छ ।
२४ भदौको आन्दोलनको क्रममा देशभरका कारागारहरूबाट १५ हजार भन्दा कैदीबन्दीहरू फरार भएका थिए । अहिले ठूलो मात्रामा कैदीबन्दीहरू पक्राउ परिसकेका छन् । ती मध्ये अझै ६ हजार भन्दा बढी कैदीबन्दीहरू फरार छन् ।फरार भएका कैदीबन्दीहरू विमानस्थल प्रयोग गरेर विदेश भाग्न सक्ने भन्दै उनीहरूलाई कालोसूचीमा राखिएको छ । कारागार व्यवस्थापन विभागले पठाएको विवरणका आधारमा करिब पाँच हजार कैदीबन्दीहरूलाई कालोसूचीमा राखिएको हो ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ५२९ भारतीय कैदीलाई अध्यागमनको कालो सूचीमा राखिएको छ । त्यसैगरी ४ हजार २६६ नेपाली कैदीबन्दीहरू पनि अध्यागमनको कालो सूचीमा परेका छन् ।ठूलो संख्यामा कैन्दीबन्दीहरू फरार भए पनि उनीहरूको पासपोर्ट, नागरिकता नम्बरहरू यकिन हुन नसक्दा अरू कैदीबन्दीहरूलाई कालो सूचीमा राख्न अप्ठेरो परेको विभागको बुझाई छ ।
नामको आधारमा मात्रै कालो सूचीमा राख्दा सोही नाम गरेको अर्को व्यक्तिले दु:ख पाउने सम्भावना रहने भएकाले पासपोर्टको विवरण उपलब्ध भएसम्मका कैदीबन्दीहरूलाई कालोसूचीमा राखिएको बताइएको छ ।




































