आज पनि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित
वि.सं.२०८२ कात्तिक १६ आइतवार १३:१६
shares

काठमाडौं । आइतबार दिउँसो १ बजे बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।
शुक्रबार पनि बस्दै नबसी आजका लागि बैठक तयर गरेर स्थगित भएको थियो ।१५औं महाधिवेशनको मितिबारे कांग्रेसमा विवाद भएको छ । शनिबार सानेपामा पदाधिकारी बैठक बसेर सहमतिको प्रयास गरे पनि असफल भएको थियो ।
बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक-फरक कार्यतालिका प्रस्ताव गरेका थिए ।महामन्त्री विश्वप्रकाश शर्माले महासमिति सदस्यबाट महाधिवेशन चुनावअघि कि पछि भनेर भोटिङ गर्नु पर्ने प्रस्ताव समेत गरेका थिए ।कार्यतालिका प्रस्तावबारे सहमति खोज्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्रीसहित शीर्ष नेतासँग छलफलको तयारी गरेका छन् ।
आजका लागि बोलाइएको बैठक १८ कात्तिक दिउँसो १ बजे बस्ने गरी स्थगित भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।




































