प्रधानसेनापति अशोकराज सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
वि.सं.२०८२ कात्तिक १६ आइतवार १३:३८
shares

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हिम्मतबहादुर बिष्ट र सहायक रथी विष्णुकुमार खड्कालाई जङ्गी अड्डामा आयोजित आज आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका पाँच जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सो कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति हुनुभएका रथीवृन्द तथा अधिकृतका परिवारजनको उपस्थिति थियो ।




































