नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगमा घनश्याम भूसाल पक्षीय नेताहरूले दल दर्ताको निवेदन दिए

1.37K
shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा नगएका नेता घनश्याम भूसालले आफू निकटस्थ नेताहरूको अगुवाइमा दल दर्ताको निवेदन दिएका छन् ।

आइतबार निर्वाचन आयोगमा संयोजक राजकुमार कक्षपति रहनेगरी भूसाल पक्षका नेताहरूले दल दर्ताको निवेदन दिएका हुन् ।पार्टीको नाम भने नेकपा (वामपन्थी केन्द्र) राखिएको छ । सहसंयोजकमा नन्दलाल बन्जाडे राखिएको छ । अहिले आयोगमा यो निवेदनउपर कागजात रुजु गर्ने प्रक्रिया चलिरहेको छ । चुनाव चिह्न सूर्यमुखी फूल प्रस्ताव गरिएको छ ।अन्य २३ जना सदस्यहरूको नाम पनि आयोगमा बुझाइएको छ ।

जसमा सुस्मा राई (भोजपुर), योगेन्द्र बस्नेत (ओखलढुंगा), निलम ढुंगेल (मोरङ), मुकुन्द बहादुर रोका (प्युठान), नरेश प्रसाद न्यौपाने (अछाम), प्रकाश श्रेष्ठ (धादिङ), लोककृष्ण दाहाल (भक्तपुर), समीर गौतम (गुल्मी), नविन कुमार कक्षपति (प्यूठान), एन्जिस राज प्रसाईं (काठमाडौं), मिरा श्रेष्ठ (रुपन्देही), लक्ष्मी गिरी (प्यूठान), नारद उपाध्याय (कालिकोट), अर्जुन कुमार अधिकारी (दाङ), विमल नेपाली (दाङ ), प्रचण्डमान श्रेष्ठ (तनहुँ), सुकुन्दरी श्रेष्ठ ( प्यूठान), प्रेम बहादुर तारामी (सुर्खेत), ठगेन्द्र बहादुर रसाइली (झापा), जानुका श्रेष्ठ (महोत्तरी), रेशा दुलाल (ललितपुर), सविता तामाङ (काठमाडौं ), लक्ष्मी देवी शर्मा (रुपन्देही), भिम बस्नेत (मोरङ) रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports