नेतृ रामकुमारी झाँक्री नेकपा एमालेमा प्रवेश गर्ने
वि.सं.२०८२ कात्तिक २३ आइतवार २१:०७
shares
Interview with Ram Kumari Jhakri, federal lawmaker of Nepal Communist Party (NCP) and a member of the Finance Committee of the Federal Parliament, in Kathmandu, on Friday, April 19, 2019. Photo: Naresh Shrestha/THT
काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । उनी सोमबार नेकपा एमाले प्रवेश गर्न लागेकी हुन् ।
उनले आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेकी छन्,’यो घर फर्क अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो। हामी सँगसँगै सबै जना कम्युनिस्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो। सबै जना कमरेडहरूलाई यो कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु।’
नेकपा एमालेले भाेलि दिउँसाे राष्ट्रयसभा गृहमा ‘घर फर्क राष्ट्रिय अभियान घाेषणा’ सभाकाे आयाेजना गरेकाे छ ।केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँडेका सबै नेता–कार्यकर्तालाई पार्टीमा फर्कन आह्वान गरेका थिए ।
माधव कुमार नेपालले नेकपा माओवादी केन्द्रसहित दलहरूसँग एकता गरेपछि उनी असन्तुष्ट थिइन् ।




































