२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क फिर्ता लिन सरकारलाई दवाव

1.57K
shares

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी र सचिव कृष्णहरि पुस्कर मिलेरै बैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ६ हजार रूपैयाँबाट बढाएर साढे ९ हजार रुपैयाँ पुर्याए ।

भण्डारीकै पालामा उक्त निर्णय गर्ने प्रक्रिया अगाडि बढाइएको र अहिले जेनजी सरकार आएपछि सार्वजनिक भएको छ । श्रम मन्त्रालय प्रधानमन्त्री सुशीला कार्कीको मातहतमा छ । श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बृद्धि गरी सचिव कृष्णहरि पुुस्करले प्रधानमन्त्रीलाई समेत विवादमा ल्याएका छन् ।

स्वास्थ्य परीक्षणमा सिन्डिकेट कायम गर्दैआएका कैलाश खड्काबाट ठूलो लाभ लिएर श्रम मन्त्रालयका सचिव कृष्णहरि पुस्करले श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएको आरोप छ । शरदसिंह भण्डारीको पालामा स्वास्थ्य परीक्षण शुल्क बढाउने योजनाकार पुस्कर नै हुन् । बैदेशिक रोजगारमा जाने नेपाली श्रमिकमाथि आर्थिक भार थोपर्ने निर्णय तत्काल खारेज हुनुपर्ने माग बैदेशिक रोजगार ब्यवसायी संघसंस्थाले गरेका छन् ।

नाम चलेका ठूला अस्पतालमा ५ हजार रुपैयाँ नपर्ने स्वास्थ्य परीक्षण शुल्क केही मेडिकल सस्था (क्लीनीक) लाई फाइदा पुग्नेगरी ९ हजार ५ सय तोकेकोमा बैदेशिक रोजगार ब्यवसायी संघले बिरोध गरेको छ । संघले सिन्डिकेट स्वीकार्य नहुने चेतावनी दिँदै शुल्कबृद्धिले श्रमिकमाथि आर्थिक भार थप्ने बताएको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई नै संघले शुल्क बढाउने निर्णय फिर्ता लिन माग गरेको छ ।

बैदेशिक रोजगार ब्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङले बैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । गुरुङको भनाइ छ–‘नाम चलेका अस्पतालमा ५ हजार रुपैयाँ नपर्ने स्वास्थ परीक्षण (फुलबडी चेकअप) केही मेडिकल सस्था (क्लिनिक) लाई फाइदा पुग्नेगरी ९ हजार ५ सय तोकेर बैदेशिक रोजगारमा जाने नेपाली श्रमिकमाथि आर्थिक भार थोपर्ने निर्णय तत्काल खारेज हुनुपर्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports