भाद्र २७ गते सर्बोच्च अदालतकी पूर्व प्रधानन्यायाधिशलाई संविधान विपरित प्रधानमन्त्रीमा नियुक्त गरेर राष्ट्रपतिले...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाले सिरियाका ७० ठाउँमा हवाई हमला गर्‍यो

468
shares

अमेरिकाले सिरियामा इस्लामिक स्टेट (आईएसआईएस)को क्याम्प, हतियार भण्डारण केन्द्रलाई लक्ष्य गरेर दर्जनौं स्थानमा हवाई हमला गरेको छ।

हालै सिरियामा भएको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको बदला स्वरूप यो अमेरिकाले शुक्रबार झन्डै ७० ठाउँमा हमला गरेको हो।यसलाई ‘अरेसन हकवाइ’ नाम दिइएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।यस कारबाहीमा आईएसआईएससँग जोडिएका पूर्वाधार र हतियार भण्डारण केन्द्रहरूलाई निशाना बनाइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट लेखेर हत्या गर्ने आतंककारीविरुद्ध गम्भीर बदला लिइँदैछ भनेका छन्।उनले सिरियामा आईएसआईएसको अन्त्य भए उज्यालो भविष्य सम्भव हुने दाबी समेत गरेका छन्।रक्षा मन्त्री पिट हेगसेथले यसलाई युद्ध नभई बदला भनेका छन्। उनले अमेरिका आफ्नो नागरिक र सैनिकको सुरक्षाका लागि कहिल्यै पछि नहट्ने बताएका छन्।

डिसेम्बर १३ मा सिरियाको पाल्माइरामा भएको आक्रमणमा दुई अमेरिकी सैनिक र एक नागरिक अनुवादकको मृत्यु भएको थियो।त्यसयता अमेरिकी र उसका साझेदार सेनाले १० वटा छुट्टाछुट्टै कारबाही गर्दै करिब २३ जनालाई मारेको छ। ती कारबाहीबाट प्राप्त सूचनाका आधारमै पछिल्लो हवाई हमला गरिएको सिएनएनले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports