सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली काँग्रेसका सभापति देउवाले उपसभापति र महामन्त्रीहरूसँग आज छलफल गर्दै

1.77K
shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति र महामन्त्रीसँग छलफल गर्ने भएका छन् । यसका लागि उनले पार्टीका शीर्ष पदाधिकारीलाई निबासमा बोलाएका छन्। सभापति देउवाले आज शनिबार बिहान ९ बजे दुई उपसभापति र दुई महामन्त्रीसाग छलफल गर्न लागेका हुन् ।

बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी हुनेछन् । मुख्य गरी महाधिवेशनको कार्यतालिका र विधान मस्यौदा समिति गठनका विषयमा छलफल गर्न बैठक डाकिएको बुझिएको छ ।कांग्रेसले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। यद्यपि, पुस १६ गते वडा अधिवेशन गरेर २६ गते नै केन्द्रीय महाधिवेशन गर्ने तालिका व्यवहारिक नभएको भन्दै नेताहरूले कार्यान्वयनमा आशंका व्यक्त गर्दै आएका छन् ।

निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समिति गठन भए पनि विधान मस्यौदा समिति हालसम्म बन्न सकेको छैन । शनिबारको बैठकले यी साङ्गठनिक जटिलताहरूलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports