भाद्र २७ गते सर्बोच्च अदालतकी पूर्व प्रधानन्यायाधिशलाई संविधान विपरित प्रधानमन्त्रीमा नियुक्त गरेर राष्ट्रपतिले...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालेन, रवि र कुलमानबिच आज साँझसम्म एकताका लागि हस्ताक्षर हुने

611
shares

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह(बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा मन्त्री कुलमान घिसिङबिच शुक्रबार एकताको लागि हस्ताक्षर हुने भएको छ ।

स्रोतका अनुसार परिस्थितिमा कुनै फेरबदल नभएमा आज साँझसम्म साह, लामिछाने र घिसिङबिच पार्टी एकताको लागि हस्ताक्षर हुनेछ ।हस्ताक्षर अघि ३ वटै पक्षबाट आ–आफ्‌नो गृहकार्य गरेर सामूहिक भेट्ने तयारी भइरहेको छ । ‘सबै पक्ष एक ठाउँमा आएपछि छलफल गरेर आजै सहमतिमा हस्ताक्षर हुन्छ । केहि फरक नभए भोलि एकता घोषणा सभा हुन्छ,’ स्रोतले भन्यो ।

आगामी फागुन २१ गते हुने भएको प्रतिनिधिसभाको निर्वाचनको लागि वैकल्पिक शक्तिहरू र जेनजीहरु एकै ठाउँमा बसेर पुराना शक्तिहरूलाई चुनौती दिने तयारी छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports