प्रभु बैंकका सिईओ अशोक शेरचन सहित बैंकका पक्राउ परेका अन्य सबै हाजिरी जमानीमा रिहा
वि.सं.२०८२ पुस ११ शुक्रवार १५:४८
shares

काठमाडौं। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन हाजिर जमानीमा रिहा भएका छन्। सीईओसँगै बैंकका अन्य अधिकारीहरूलाई पनि उच्च सरकारी वकिलको कार्यालयले हाजिर जमानीमा छुटाएको हो।
गत हप्ता उच्च अदालत, पाटनका न्यायाधीश चन्द्रबहादुर सारु र गीता तिम्सिनाको इजलासले ५ दिनभित्र बयान सक्न अन्तिम म्याद थपेको थियो। आज शेरचनसहित अन्य कर्मचारीहरू सरकारी वकिल कार्यालयको निर्णय अनुसार हाजिर जमानीमा रिहा भएका हुन्।
रिहाइको प्रक्रिया पूरा गर्न मणिराम पोखरेल, रिवाज श्रेष्ठ र राजेन्द्र शाक्यसहित सबैलाई सिआइबी मुख्यालय, लैनचौरमा लगिएको थियो। केही समयमा उनीहरू रिहा हुने बताइएको छ।



































