सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसका नेता कोइरालाले पार्टी भित्रको विवादबारे आफू निकट नेताहरूसँग छलफल गरे

1.44K
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी भित्रको चुलिएको पछिल्लो विवादबारे आफूनिकट नेताहरूसँग छलफल गरेका छन् ।

उनले काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिसहितका कार्यकर्ताहरूसँग शनिबार अन्तरक्रिया गरेर महाधिवेशनबारे राय लिएका छन् ।विशालनगरस्थित सम्पर्क कार्यालयमा अहिलेको विषम परिस्थितिको समुचित निकाससँगै मुलुकमा देखिएको संकटको समाधान र पार्टीभित्रको द्वन्द्वको सुरक्षित अवतरणबारे छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय र महामन्त्रीहरूले उठाएको विशेष महाधिवेशन सम्बन्धमा कसरी समन्वय गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल भएको उनले बताए ।‘योसँगै आगामी आम निर्वाचनमा एकताबद्ध रूपमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयहरूमा पार्टीभित्र देखिएको दुवै पक्षलाई एक सूत्रमा ल्याउने उपायहरूका बारेमा पनि छलफल भयो,’ थपलियाले भने ।

नेता कोइरालासँगको छलफलमा सहभागी नेताहरूले पार्टीको अनुशासन समितिले गरेको कारबाही मिनाहामा परेका व्यक्तिहरू पूर्ववत् पदमा कायम रहनुपर्ने व्यवस्था मिलाउनका लागि पहल गर्न माग गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports