सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टिचिङ अस्पतालको स्वास्थ्य बीमाको सेवा नै बन्द गर्ने निर्णय

1K
shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमाको सेवा नै बन्द गर्ने निर्णय गरेको छ ।

आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गर्ने अस्पताल प्रशासनले जनाएको छ ।अस्पतालका अनुसार विगत लामो समयदेखि बीमा बोर्डले दाबी भुक्तानी नगर्दा अस्पतालको आर्थिक अवस्था धरासायी बनेको छ ।बीमा बोर्डले अस्पताललाई ४० करोड भुक्तानी दिन बाँकी छ । अस्पतालले मासिक करिब ५ करोड रुपैयाँभन्दा बढी खर्च व्यहोर्दै आएकोमा बीमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृत हुँदै थप समस्या आएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले उपचार दररेटमा बीमा बोर्ड र अस्पतालबीच ठूलो अन्तर रहेको, पटक-पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको जनाएको छ । ‘विगत दुई वर्षदेखि आफ्नै आन्तरिक स्रोतबाट दैनिक खर्च धान्दै आएको अस्पतालले अब थप घाटा बीमाको सेवा दिन सक्दैनौ’, सुचनामा भनिएको छ ।अस्पतालले विभिन्न आर्थिक वर्षमा दाबी गरेको रकममध्ये ठूलो हिस्सा भुक्तानी हुन बाँकी रहेको अस्पतालका सूचना अधिकारी डा. गोपाल सेढाईंले बताए । ‘भुक्तानी अभावले अस्पतालको आन्तरिक स्रोतबाट खर्च धान्न कठिनाइ भएको छ । औषधि तथा स्वास्थ्य सामग्री सप्लायरलाई पनि ५ महिनादेखि भुक्तानी दिन सकिएन’, डा. सेढाईंले  भने, ‘घाटा नै खाएर सेवा दिन सकिँदैन भन्ने भएपछि सेवा बन्द गर्ने निर्णयमा पुगेका हौं ।’

बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई ११ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ । लामो समयदेखि बिमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम केही हप्ताभित्रै बन्द गर्ने चेतावनी दिएका छन् ।यसबाट बिमित नागरिक सेवाबाट वञ्चित हुने नै छन्, स्वास्थ्य बीमा कार्यक्रम नै अलपत्र पर्ने जोखिम बढेको छ ।स्वास्थ्य बीमा गरेका नागरिकको उपचार गरेवापतको रकम अस्पतालले दाबी गरेपछि स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्नुपर्छ । तर, सरकारबाट प्रर्याप्त अनुदान नै नपाएपछि बोर्डले सेवा प्रदायक संस्थालाई भुक्तानी दिन सकेको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports