२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज मंगलबार यी चार प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

1.92K
shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी र मधेश प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । देशको हिमाली भू–भागमा आंशिक बादल लागेको छ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागी बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागको एकदुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ । साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशको बाँकी भू‍–भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका केही स्थानहरूमा मध्यम हिमपात/वर्षाको तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागका एकदुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ । साथै, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मध्यम वर्षा तथा तराई भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गको समेत सम्भावना रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports