आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
वि.सं.२०८२ माघ १३ मंगलवार ०८:४४
shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्नेछ ।
आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, आजको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेश गर्ने कार्यसूची छ ।

































