सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन खर्चकालागि दल र उम्मेदवारलाई छुट्टै खाता खोल्न राष्ट्र बैकले दियो निर्देशन

676
shares

नेपाल राष्ट्र बैंकले आसन्न निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई चुनावी खर्च व्यवस्थापन गर्न छुट्टै बैंक खाता खोल्न निर्देशन दिएको छ।

निर्वाचन आयोगको आग्रहमा राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो।परिपत्रअनुसार राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार बनेका व्यक्ति (समानुपातिक उम्मेदवार समेत) तथा स्वतन्त्र उम्मेदवारले निर्वाचन अवधिसम्म सञ्चालन हुने गरी एक मात्र बैंक खाता खोल्नुपर्नेछ। निर्वाचनसँग सम्बन्धित सम्पूर्ण आम्दानी र खर्च यही खातामार्फत गर्नुपर्नेछ।

राष्ट्र बैंकका अनुसार आमनिर्वाचन सम्पन्न भइसकेपछि निर्वाचन आयोगले निर्णय गरी खाता बन्द गर्न निर्देशन नदिएसम्म ती खाता सञ्चालनमै रहनेछन्।आयोग मातहतका प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा प्रत्येक दल र उम्मेदवारले नेपाली रुपैयाँमा कारोबार गर्न मिल्ने गरी छुट्टै खाता खोल्न सक्ने व्यवस्था गरिएको हो।

निर्देशनमा खाता क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा खोल्न सकिने उल्लेख छ।सामान्य अवस्थामा लागू हुने ‘एकै प्रकृतिको एकभन्दा बढी बैंक खाता खोल्न नपाइने’ नियम भने निर्वाचन प्रयोजनका यस्ता खातामा लागू नहुने गरी छुट दिइएको छ।राष्ट्र बैंकले जारी गरेको परिपत्रमा निर्वाचन आयोगबाट खाता बन्द गर्न निर्देशन नआएसम्म चुनावका लागि खोलिने खातामा बहु-खाता प्रतिबन्ध लागू नहुने स्पष्ट गरिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports