गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रा. डा भण्डारी सहित १९ जना विरुद्ध अख्तियारले दायर गर्यो भ्रष्टाचारको मुद्धा

1.01K
shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका तत्कालीन उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारीसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

प्रतिष्ठानमा सिटी स्क्यान मेसिन खरिद गर्दा गुणस्तरहीन मेसिन ल्याई आर्थिक अनियमितता गरेको आरोपमा आयोगले बिहीबार मुद्दा दायर गरेको हो।आयोगले उपकुलपति भण्डारीसहित तत्कालीन रजिष्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख, बायोमेडिकल इन्जिनियरहरू, खरिद शाखाका कर्मचारीहरू र मेसिन आपूर्तिकर्ता कम्पनी ‘हिमालयन मेडिटेक प्रा.लि.’ का सञ्चालकसमेत गरी १९ जनालाई प्रतिवादी बनाएको छ।

प्रतिष्ठानले १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अघि बढाउँदा सार्वजनिक खरिद ऐन र नियमावलीको प्रतिकूल हुने गरी बदनियत राखेको आयोगको ठहर छ। प्रतिवादीहरूले आपसमा मिलेमतो गरी निश्चित कम्पनीलाई ठेक्का दिने उद्देश्यले ‘स्पेसिफिकेसन’ तयार पारेको र तोकिएको मापदण्ड पूरा नगरेको मेसिन आपूर्ति हुँदा पनि स्वीकार गरी भुक्तानी दिएको अनुसन्धानबाट खुलेको प्रवक्ता सुरेश न्यौपानेले बताए ।

आयोगले यस प्रकरणमा नेपाल सरकार र प्रतिष्ठानलाई ७ करोड ३१ लाख ८२ हजार ९ सय ८५ रुपैयाँ हानी नोक्सानी पुगेको निष्कर्ष निकालेको छ। सोही रकम बराबरको बिगो कायम गर्दै अख्तियारले प्रतिवादीहरूबाट बिगो असुल उपर गरी कैद र जरिवानाको सजाय मागदाबी गरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports