सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले स्वास्थ्य बिमाको सुविधा कटौती गर्यो , ओपिडीमा प्रति परिवार २५ हजार सम्मको मात्र सुविधा दिईने

936
shares

स्वास्थ्य बिमा बोर्डले फागुन १ गतेदेखि बिमा सेवा सुविधा घटाउने निर्णय गरेको छ।

बोर्डले व्ययभार कम गराउने भन्दै बहिरंग (ओपीडी) सेवा एक वर्षमा २५ हजार बराबरको मात्र दिने निर्णय गरेको हो। यो निर्णयसँगै अब स्वास्थ्य बिमा गरेका एक परिवारले वार्षिक २५ हजार रुपैयाँसम्मको मात्र ओपीडी शुल्क पाउनेछन्।गत २४ पुसमा बसेको बोर्ड बैठकले गरेको निर्णयबारे सोमबार सूचना जारी गरेर जानकारी दिएको हो। सूचनामा अब बीमितले एक आर्थिक वर्षमा बहिरंग (ओपीडी) सेवामा अधिकतम २५ हजारको मात्र उपचार सुविधा पाउने उल्लेख गरिएको छ।

त्यसपछिको सुविधा भने अस्पताल भर्ना ल्याब परीक्षण र आकस्मिक उपचारको रहने बोर्डले जनाएको छ। उपचारमा सबैभन्दा धेरै खर्च ओपीडीमा हुने गरेकाले घटाउने निर्णय गरेको बोर्डले जनाएको छ।बिमा बोर्डले सात जनाको परिवारबाट तीन हजार पाँच सय रुपैया लिएर एक लाख बराबरको स्वास्थ्य सेवा दिँदै आएको थियो।अस्पतालहरूलाई भुक्तानी रकम बढी भएको भन्दै बोर्डले सेवा सुविधा घटाउने निर्णय गरेको जनाएको छ।

बोर्डले अस्पतालहरुलाई ११ करोड रकम भुक्तानी गर्न बाँकी छ।त्यस्तै, आठ प्रकारका कडा तथा दिर्घरोगको उपचार भने हाल व्यवस्था भए बमोजिम नै हुने बोर्डले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports