सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यी ६ प्रकारका सरकारी कागजात मध्ये कुनै एक देखाएर मतदान गर्न पाईने ?

1.09K
shares

काठमाडौं । निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एउटा भएको खण्डमा मतदान गर्न पाइने जनाएको छ ।

निर्वाचन आयोगले स्थापना गरेको कल सेन्टरमा प्राप्त पत्रको जवाफमा यस्तो उल्लेख छ ।मतदाता परिचय पत्र नभएमा मत हाल्न पाइन्छ कि पाइँदैन ? भन्ने प्रश्नको जवाफमा आयोगले ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न पाइने बताएको हो ।

आयोगका अनुसार मतदान गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता भएको हुनु अनिर्वाय छ ।मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले मतदान गर्न जाँदा सामान्यतया आफूसँग भएको मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ ।

मतदाता परिचयपत्र नभएको वा नस्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र र जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइन्छ ।आगामी २१ फागुनमा निर्वाचन हुँदैछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports