linktrix Long Ad
Salt Trading Long Ad

आज एकै दिनमा १४ हजार ४०० ले बढ्यो सुनको मूल्य, आज ३ लाख ४ हजार ७०० मा कारोबार हुदैँ

1.53K
shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको हो ।

आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख चार हजार ७०० रुपैयाँ खर्चिनुपर्नेछ । हिजो दुई लाख ९० हजार ३०० रुपैयाँ थियो ।

त्यसैगरी, चाँदी तोलामा २६५ रुपैयाँले बढेर पाँच हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला पाँच हजार ३३५ रुपैयाँ थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports