linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय झण्डा ओढाएर सुनील थापालाई गरियो अन्तिम विदाई

2.3K
shares

काठमाडौँ । दिवङ्गत वरिष्ठ कलाकार सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । थापाको राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ गरिएको हो ।

थापाकाे पार्थिव शरीरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रदान गरेका हुन् ।थापालाई मन्त्रीदेखि नेपाल प्रहरी प्रमुखसहित वरिष्ठ कलाकारहरु नीर शाह, शम्भुजीत बासकोटा लगायत आफन्त, शुभेच्छुक आर्यघाट पुगेर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

दिवंगत थापाको शवमा छोराले दागबत्ती दिएका थिए । थापाका श्रीमती, एक छोरा र छोरी छन् । हृदयाघातका कारण शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा थापाको निधन भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports