गोप्य कागजात फेसबुकमा सार्वजनिक गरेको आरोपमा कपिलवस्तुका रास्वपा नेता भट्टराई पक्राउ
वि.सं.२०८२ माघ २९ बिहीवार ०९:१२
shares

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखीराम भट्टराई पक्राउ परेका छन् ।
प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारसम्बन्धी कागजात सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो ।बाणगंगा नगरपालिका–८ धनेषपुर निवासी भट्टराईले गत माघ २६ गते आफ्नो फेसबुक वालबाट ती कागजात सार्वजनिक गरेका थिए । सोही विषयमा उजुरी परेपछि मंगलबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।
उनका अनुसार सामाजिक सञ्जालमार्फत विभिन्न सामग्री पोस्ट गरी घृणा र द्वेष फैलाउने तथा गोपनीयता भंग गरेको आरोपमा भट्टराईलाई नियन्त्रणमा लिइएको हो ।‘फेसबुकमा अनुसन्धानसँग सम्बन्धित कागजात सार्वजनिक गर्ने, घृणा फैलाउने र गोपनीयता उल्लङ्घन गर्ने कार्य गरेको उजुरी आएपछि पक्राउ गरेका हौँ’ डीएसपी सिंहले भने, ‘उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ ।
































