सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वीर अस्पतालले पनि गर्यो स्वास्थ्य बीमाबाट पाउने सेवासुबिधामा कटौती, बिमतीहरू मार्कामा

1.47K
shares

काठमाडौं । वीर अस्पतालले स्वास्थ्य बीमाबाट उपलब्ध हुने सेवा कटौती गरेको छ । अस्पतालले दीर्घरोगका बिरामीलाई बीमा मार्फत तीन महिनासम्म औषधि हुने गरेको थियो । उक्त सेवालाई कटौती गर्दै एकपटकमा उक्त औषधिहरू एक महिनासम्म लागि मात्रै दिइने निर्णय गरेको हो ।

१ फागुन देखि उक्त लागू हुने जनाएको छ । सूचनामा भनिएको छ, ‘१ फागुनदेखि अर्को व्यवस्था नभएसम्म एक महिनाका लागि मात्रै बिमित सदस्यलाई औषधि उपलब्ध गराइने छ ।’अस्पतालका निर्देशक डा. दिलीप शर्माका अनुसार बीमा बोर्डले लामो समयदेखि भुक्तानी नदिएका कारण सेवा कैटाती गर्नुपरेको हो । बीमा मार्फत ४० करोडभन्दा बढी रकम लिन बाँकी रहेको उनले जानकारी दिए ।

‘वीर गरिबको अस्पताल भएकाले सबै बन्द गर्दा बिरामी मारमा पर्छन् । अहिले आर्थिक दायित्व कम गर्नका लागि सेवा थोरै कटौती गरेका हौं’ डा. शर्माले भने । अस्पतालले सबैभन्दा ठूलो चुनौती औषधि खरिदमा भोगिरहेको डा. शर्माले बताए ।‘सरकारले पैसा नदिँदा औषधि किन्न सकिएको छैन, उपकरण बनाउन सकिएको छैन’ उनी भन्छन्, ‘सेवालाई धान्न नै मुस्किल भइरहेको छ ।’

स्वास्थ्य बीमा कार्यक्रम अहिले चरम आर्थिक संकटमा परेको छ । लामो समयदेखि बिमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि ठूला अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम समयसीमा तोकेर बन्द गर्न थालेका छन् ।बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई असार मसान्तसम्मको ११ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ ।यसबाट बिमित नागरिक त सेवाबाट वञ्चित हुने छन् नै, स्वास्थ्य बीमा कार्यक्रम नै अलपत्र पर्ने जोखिम बढेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports