सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उम्मेदवारहरुले चुनाव प्रचारमा ‘रुफटप भेहिकल’ प्रयोग गर्न नदिने निर्णय

1.22K
shares

काठमाडौँ । निर्वाचन प्रचारमा जाँदा उम्मेदवारहरुले छत खोलेर हिँडन मिल्ने ‘रुफटप भेहिकल’ प्रयोग गरेको बारेमा केन्द्रिय सुरुक्षा समितिमा छलफल भएको छ ।

सिंहदरबारमा बसेको सुरक्षा समितिको बैठकले त्यस्ता गाडी प्रयोगमा रोक लगाउने निर्णय गरेको छ । उम्मेदवारहरुको सुरक्षालाई ध्यान दिएर त्यस्ता भेहिकल(गाडी) प्रयोगमा रोक लगाउने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले  बताए ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सेनाका प्रतिनिधी र सहसचिव आनन्द काफ्ले सहभागी थिए ।प्रदेश सुरक्षा समिति र जिल्ला सुरक्षा समितिका अधिकारीहरु पनि बैठकमा भर्चुअल माध्यमबाट सहभागी भएका थिए । अहिले देशभर छत खुल्ला भएको गाडीबाट उम्मेदवारहरुले भोट माग्ने प्रचलन बढ्दो छ । सह सचिव काफ्लेले भने, ‘उम्मेदवारलाई सुरक्षा खतरा हुने निष्कर्ष निकाल्दै त्यस्ता भेहिकल प्रयोग गर्न निरुत्साहित गर्ने निर्णय गरिएको हो ।’

बैठकले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे अहिलेसम्मको गतिविधि र तयारीबारे छलफल गरेको छ । तयारी राम्रो रहेको निष्कर्ष निकल्दै तयारीलाई थप सुदृढ बनाउने निर्णय गरिएको छ।निर्वाचनमा तटस्थता र निस्पक्षता अपनाउन कर्मचारी खटन पटनमा नै सचेत हुनेबारे छफल भएको छ । उनले भने, ‘कर्मचारीका कारण दण्डहिनता हुन नदिने निर्णय गरेका छौं ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports