सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणमा जाँदै

1.24K
shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणमा जाने भएका छन् । उनी आगामी मार्च ३१ देखि अप्रिल २ अर्थात् चैत १७ देखि १९ गतेसम्म चीन जाने मिति तय भएको छ ।

ह्वाइट हाउसले सार्वजनिक गरेको सूचनाअनुसार सो क्रममा ट्रम्पले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग औपचारिक भेटवार्ता गर्नेछन् । विश्वका दुई ठूला अर्थतन्त्रका नेताबीच हुने उक्त शिखर वार्तालाई विशेष चासोका साथ हेरिएको छ।

अमेरिकी सर्वोच्च अदालतले ट्रम्पद्वारा लगाइएका भन्सार शुल्क (ट्यारिफ) सम्बन्धी केही निर्णय उल्ट्याएपछि हुन लागेको भ्रमणलाई व्यापारिक समुदायले छुट्टै महत्व दिएको छ । पर्यवेक्षकहरूका अनुसार अदालतको उक्त निर्णयका कारण चीनसँगको वार्तामा ट्रम्पको दबाब क्षमतामा कमी आउन सक्ने छ । सँगसँगै सोही निर्णयका कारण दुई देशबीच कायम व्यापारिक सम्बन्ध सुधार हुने सम्भावना पनि उत्तिकै छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports