उपयुत्त समय आएपछि संविधान संशोधन हुन्छ : एमाले अध्यक्ष ओली
वि.सं.२०८२ फागुन १० आइतवार १५:४१
shares

दमक । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समय आए पछि संविधान संशोधन गरिने बताएका छन् ।
आफ्नो गृह निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा रहनु भएका ओलीले आज दमकमा आयोजीत एक कार्यक्रममा अहिले संविधान संशोधनका कुरा निकालेर कोहिले पनि नसुन्ने बताए । नेपाली कांग्रेससँगको सहकार्यमा सरकार भएका बेलानै ७ बुँदै सहमतिमा यो विषय उल्लेख गरिएको ओलीले स्मरण गराए ।
त्यस बेला परिस्थितिनै खराव ढंगबाट विकास गरिएका कारण यो विषय थाति रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले उपयुक्त समय आए पछि संशोधन गरिने बताएका हुन् । जनतालाई आवश्यक भएका, देशलाई अघि बढाउने विषय र जरुरी विषयहरुलाई समावेश गरि संविधान संशोधन गरिने उहाँको भनाई छ ।
त्यस्तै अध्यक्ष ओलीले निर्वाचनमा पराजय भोग्ने देखे पछि केहि तत्व समाज भाँड्न लागि परेको टिप्पणी गरेका छन् । रास्वपा तर्फ लक्षित गर्दै उनले रौतहटको पछिल्लो घट्ना पनि यसैको उपज रहेको बताए । चुनाव भाँड्ने, समुदायमा विद्वेष फैल्याउने, अराजकता निम्त्याउनेहरु सक्रिय हुँदै गएको भन्दै उनले यस्ता कुराहरु नेपाली समाजका लागि पाच्य नहुने बताए ।



































