काठमाडौंको जहरसिंह पौवामा भारी असिना पानी
वि.सं.२०८२ फागुन १२ मंगलवार १७:१६
shares
Exif_JPEG_420
काठमाडौं । काठमाडौंको जहरसिंह पौवामा भारी असिना पानी परेको छ ।
मंगलबार दिउँसो यो क्षेत्रमा असिना पानी परेको हो । साँखुबाट थोरै उचाइमा रहेको यो असिना पानी परेसँगै चिसो पनि बढेको छ ।वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार, बागमती र गण्डकीका भित्रि पहाडी क्षेत्रमा मंगलबार दिउँसो चिसो बढेको छ ।
‘माथिल्लो वायुमण्डलमा पनि न्युन चापीय रेखा र प्रतिकूल प्रणालीका कारण आज चिसो छ । विस्तारै यो कम हुँदै जान्छ,’ पोखरेलले भनिन् ।पहाडी भू–भागमा यसको हल्का प्रभाव देखिएको र विस्तारै कम हुँदै गएको उनले बताइन् ।
यो सँगै काठमाडौंको शहरी क्षेत्रमा पनि आज चिसो बढेको छ ।



































