२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आजदेखी राष्ट्रिय परिचय पत्र आफैले डाउनलोड गर्न मिल्ने

1.31K
shares

सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न मिल्ने सेवा सुरु गरेको छ।

राष्ट्रिय परिचयत्रप तथा पञ्जीकरण विभागले परीक्षणका रूपमा उक्त सेवा बिहीबार सुरु गरेको हो।विभागको राष्ट्रिय परिचयपत्रसम्बन्धी वेभसाइट https://citizenportal.donidcr.gov.np/ne मार्फत व्यक्तिको फोटो र अनलाइन ‘भेरिफिकेसन’ क्यूआर कोडसहितको परिचयपत्र कार्ड डाउनलोड गर्न सकिनेछ।

सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत बुँदा नं २ मा ‘विभागको प्रणालीबाट व्यक्तिको फोटो र क्यूआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्ने प्रणाली निर्माण गर्ने’ उल्लेख थियो।राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त भएका नागरिकले नाम (नेपाली वा अङ्ग्रेजी), जन्ममिति र नागरिकता जारी मिति पेस गरी आफ्नो कार्ड डाउनलोड गर्न सक्ने विभागले जनाएको छ।

कुनै पनि सार्वजनिक निकाय वा संस्थाले हाल विभागको प्रणालीबाट पिन्ट गरिएको फोटोसहितको राष्ट्रिय परिचय नम्बरको निस्सा हेरी सेवा प्रवाह गर्ने गरेकामा अब उप्रान्त सो कार्डमा रहेको क्यूआर कोड स्क्यान गरी देखिने विवरण र नागरिकले देखाउने निस्सामा रहेका विवरण रुजु गरी सेवा प्रवाह गर्न विभागले अनुरोध गरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports