अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई चेतावनी सर्त स्वीकार नगरे फेरी बमवारी सुरू गर्छौ
वि.सं.२०८३ असार ४ बिहीवार १२:१५
shares

काठमाडौं । अमेरिका र इरानबीचको शान्ति सम्झौतामा स्विट्जरल्याण्डमा शुक्रबार हस्ताक्षर हुँदैछ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक बयानले सम्झौतामाथि अनिश्चितता देखिएको छ ।
फ्रान्समा आयोजित जी–७ शिखर सम्मेलनको क्रममा राष्ट्रपति ट्रम्पले इरानसँगको युद्धविराम सम्झौता अझै अन्तिम नभएको बताए ।उनले इरानलाई कडा चेतावनी दिँदै तेहरानले आफ्ना सर्तहरू पालना नगरे र व्यवहार ठीक नभए अमेरिकाले फेरि एकपटक त्यसमाथि बमबारी सुरु गर्ने बताए ।
जी–७ शिखर सम्मेलनको क्रममा मिडियासँग कुरा गर्दै ट्रम्पले भने, ‘यो अन्तिम निर्णय होइन, यो केवल एक समझदारी पत्र हो । यदि मलाई यो मन परेन वा इरानले राम्रो व्यवहार गरेन भने हामी फेरि उनीहरूमाथि बमबारी गर्न थाल्नेछौँ । उनीहरूले विगत ४७ वर्षदेखि नराम्रो व्यवहार गरिरहेका छन् ।’
ट्रम्पले आफ्नो कदमले विश्वलाई ठूलो आर्थिक संकटबाट बचाएको दाबी समेत गरे । उनले अब इरानसँग कहिल्यै आणविक हतियार नहुने समेत भने ।ट्रम्पले हर्मुजको जलडमरू जलमार्ग पहिले नै आंशिक रूपमा खुला रहेको र अब एकदुई दिनभित्र पूर्ण रूपमा खुला हुने बताए ।





































