प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

डिआर कंगोले पोर्चुगललाई १-१ को बराबरीमा रोक्यो

195
shares

काठमाडौं । फिफा विश्वकप २०२६ मा पोर्चुगल र डीआर कंगोबीच खेलिएको खेल रोमाञ्चक १–१ गोलको बराबरीमा सकिएको छ ।

ह्युस्टन रंगशालामा भएको खेलमा पोर्चुगलले सुरुवाती अग्रता लिएको थियो तर कंगोले पुनरागमन गर्दै बराबरी खेल्यो ।

खेलको सुरुवातदेखि नै पोर्चुगलले आक्रामक खेल खेल्यो । ६ औं मिनेटमा जोआओ नेभेसले उत्कृष्ट हेडर गोल गर्दै पोर्चुगललाई १–० को अग्रता दिलाएका थिए ।पहिलो हाफको इन्जुरी समय (४५ प्लस ५ मिनेट)मा योआन भिसाले हेडर गोल गर्दै डीआर कंगोलाई १–१ को बराबरीमा पुर्‍याए ।

दोस्रो हाफमा दुवै टोलीले अग्रता लिन धेरै प्रयास गरे, तर कुनै पनि टोलीले निर्णायक गोल गर्न सकेनन् ।चर्चामा रहेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले खेलभरि गोल गर्न असफल भए ।दुवै टोलीको रक्षापंक्तिले विपक्षीको आक्रमणलाई विफल पार्न उत्कृष्ट प्रदर्शन गर्‍यो ।

निर्धारित समयको अन्त्यमा दुवै टोली १–१ गोलको बराबरीमा रह्यो र खेल बराबरीमा सकियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports