तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपा सहितका विभिन्न पार्टीबाट ३ सय ५० भन्दा बढी आज एमालेमा गरे प्रवेश

1.34K
shares

दमक । निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले)मा प्रवेश गर्नेहरुको लहर बढेको छ । यसैक्रममा झापाको क्षेत्र नं. ५ स्थित दमक ४ बाट ३ सय ५० जनाभन्दा बढी एमालेमा प्रवेशमा प्रवेश गरेका छन् ।

आज धरधरे टोलमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न दल परित्याग गरि उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।एमाले प्रवेश गर्नेहरुलाई एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

विगतमा समेत एमाले र अध्यक्ष ओलीकै नेतृत्वमा यो क्षेत्रको विकास भएको र आगामी दिनमा पनि ओली बाहेक अरुले विकासको अगुवाई गर्न नसक्ने ठहर गरी एमालेमा प्रवेश गरेको उनीहरुले बताए । यसअघि समेत रास्वपाका क्षेत्रीय नेताहरुसहित विभिन्न व्यक्ति एमालेमा प्रवेश गरिसकेका छन् ।आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि यस क्षेत्रबाट एमाले अध्यक्ष ओली उम्मेदवार रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports