तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गौरीगन्जबासीको अध्यक्ष सामु प्रतिबद्धता, हाम्रा हात सूर्यलाई बाहेक अरूलाई मतदान गर्न जान्दैनन

871
shares

गौरीगञ्ज । झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफुहरुको हात सुर्य बाहेक अन्त जाँदै नजाने बताएका छन् । आज गौरीगञ्ज ५ को श्यामाटोली पुग्नु भएका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उनीहरुले आफुहरुले विगत देखिनै नेकपा एमालेलाई जिताउँदै आएको र यस पटक पनि जिताएरै छोड्ने अडानमा रहेको सुनाए ।

स्थानीय होवोदेवी राजवंशीले भनिन्, ‘हामी त जुग देखि एमाले हो । सुर्यबाहेक अन्त भोट हालेकै छैन । यस पटक पनि सुर्यमै हाल्ने हो ।’ उनले यस क्षेत्रमा बाटो विस्तार गरि बिजुलीको सेवा सहज बनाई दिन ओली समक्ष आग्रह पनि गरिन् ।यस्तै सोहि ठाउँका किरण गनगाईले बाटो, बिजुली केहि नभएको ठाउँमा ओलीलेनै विकास गर्नु भएको भन्दै बाँकि विकासको जिम्मा लगाउन पनि सुर्यमानै भोट हाल्ने बताए ।

‘अरु कस्ले गर्छ र जिताउनु ?’ उनले भने, ‘जसले गर्छ, उसैलाई त हो भोट दिने ।’ रतुवा खोलाको तटबन्धन थप बलियो बनाउन जरुरी रहेको भन्दै अर्का स्थानीय सुकदेव सिंहले अब ओलीको जीत पछि यि काम पूरा हुने विश्वास व्यक्त गरेका छन् ।सिमावर्ती गौरीगञ्जको गाउँमा पुग्दा एमाले अध्यक्ष ओलीलाई राजवंशी, सन्थाल लगायतका आदिबासी समुदायका स्थानीयले हर्षउल्लास पूर्वक स्वागत गरेका थिए । काखे नानी च्यापेर आएका महिलाहरुले समेत ओलीसँग मातृभाषामा समेत साक्षातकार गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports