सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रवि बालेनको अग्नि परीक्षा सुरु

1.17K
shares

 

काठमाडौ । यहि फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा रास्वपाका वरिष्ठ नेता एवं तत्कालिन काठमाडौ महानगरका मेयर बालेन साहको जादु चलेको छ । रास्वपाले एकल बहुमत मात्र ल्याएको छैन भने उसले झण्डै दुई तिहाई मत समेत प्राप्त गरेको छ । पुराना भनिएका दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र २० वटा दल मिलेर पुष्पकमल दाहालले गठन गरेको नेपाली कम्युनिष्ट पार्टीको नरामो पराजय भएको छ । संसदमा उनीहरुको संख्या निकै कमजोर रहेको छ ।
नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी ओलीले समेत यस पटक पराजय भोग्नु परेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विस्थापित गरेर कांग्रेसको विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापालाई पहिलो गासमै ढुँगा लागेको छ ।
थापाले कांग्रेस सुधिएको भन्दै आएको भएपनि २०७९ को निर्वाचनमा पहिलो पार्टी बनेको नेपाली कांग्रेस संसदमा दोस्रो ठुलो पार्टी बनेपनि सांसदको उपस्थिति निकै कमजोर रहेको छ भने त्यसबेला दोस्रो ठुलो दल बनेको नेकपा एमाले तेस्रो दलमा झरेको छ भने उसको उपस्थिति समेत कमजोर रहेकाले र रास्वापाको एक्लै बहुमत रहेकाले गर्दा अब बालेन साहकै नेतृत्वमा सरकार गठन हुने निश्चित जस्तै रहेको छ ।
रास्वपाले आफ्नो चुनावी घोषणापत्रमा उल्लेख गरेका र जनतासामू करार गरेका विषयहरु अब बालेन साह सरकारले पुरा गर्नुपर्ने बाध्यता साह सरकारलाई रहेको छ । भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गरेर भाद्र २४ गते सिंहदरबार सहित सर्बोच्च अदालत, संसद भवन, राष्ट्रपतिको कार्यालय प्रधानमन्त्रीको सरकारी निवास लगायत अन्य धेरै सरकारी भवन र शिर्ष नेताहरुको निजी निवासमा आगजनी गर्नेहरु प्रायः सबै रास्वपाबाटै सांसद बनेकाहरुलाई रास्वपाले सरकारमा ल्याउन उपर्युक्त हुन सक्दैन ।
रास्वपाले जनतासामू समय नै तोकेर यति दिनभित्रमा यति काम गरिसक्ने उद्घोष गरेको हुनाले त्यस्ता कार्यहरु तत्काल गर्नुपर्ने आवश्यकता देखिन्छ । पुराना दलहरुले गर्न सकेनन् भनेर कराउने र जनतालाई पुराना दलका विरुद्ध सडकमा उतार्नेहरु नै सरकारमा पुग्ने भएकाले उनीहरुले निर्वाचनका बेला जनतासामू गरेका बाचाहरु पुरा गर्न नसकेको खण्डमा त्यसको प्रत्यक्ष असर रास्वपालाई पर्ने निश्चित जस्तै रहेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports